+
+
Shares

प्रियंका कार्कीलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या २० लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री प्रियंका कार्कीलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या २० लाख नाघेको छ ।
  • प्रियंकाले आफ्नो फलोअर्स संख्या २ मिलियन पुगेको अवसरमा हिमालय रोडिजको टिमसँग नाचेर खुसी मनाएकी छन् र सामाजिक संजालमा भिडियो सेयर गरेकी छन्।

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या २० लाख नाघेको छ ।

आफूलाई पछ्याउनेको संख्या २ मिलियन पुगेपछि प्रियंकाले हिमालय रोडिजको टिमसँग नाचेर खुसी मनाएकी छन् । उनले खुसी बाँडेको भिडियो सामाजिक संजालमा सेयर गरेकी छन् ।

‘मेरो रोडिजको टिमसँग इन्स्टाग्राममा मेरो फलोअर्ससंख्या २ मिलियन पुगेको अवसरमा खुसी मनाउँदै । कस्तो खुसीको रात । सबै इन्स्टा परिवारलाई हार्दिक धन्यवाद’ प्रियंकाले लेखेकी छन् ।

प्रियंकाको यो खुसीको क्षणमा हिमालय रोडिज तथा शार्क ट्यांक नेपालका निर्देशक सिमोस सुनुवार पनि नाचिरहेको देखिएको छ ।

इन्स्टाग्राममा धेरै पछ्याइने नेपालीमा अदिती बुढाथोकी, सिम्पल खरेल, प्रिन्सी खतिवडा, निर्मल पूर्जा, समीरा थापा, खुसी भट्टराई, स्वस्तिमा खड्का, श्रृंखला खतिवडा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?