+
+

शीर्ष चारको आशा कायम राख्दै आर्सनल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १२:०५
Photo Credit : arsenal.com

६ चैत, काठमाडौं । आर्सनलले एस्टन भिल्लालाई १-० ले पराजित गर्दै प्रिमियर लिगमा शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेको छ ।

भिल्ला पार्कमा बुकायो शाकाले प्रिमियर लिगमा आर्सनलका लागि ऐतिहासिक गोल गर्दा आर्सनललले ३ अंक जोड्न सफल भयो । साकाले गरेको गोल प्रिमियर लिगमा आर्सनलको २ हजारौँ गोल हो ।

शनिवार राति भएको खेलमा शाकाले ३०औं मिनेटमा गोल गरेका थिए । म्यानचेष्टर युनाइटेड र लिभरपुलपछि आर्सनलले प्रिमियर लिगमा यो उपलब्धि हात पार्ने क्लब बनेको छ ।

सन् २०१५ पछि प्रिमियर लिगमा अवे मैदानमा लगातार पाँचौ खेल जितेको आर्सनलले २८ खेलबाट ५४ अंक जोडेको छ र म्यानचेष्टर युनाइटेडसँग ४ अंकको अग्रता कायम गरेको छ ।

युनाइटेडले २९ खेलबाट ५० अंक जोडेको छ । आर्सनलले अझै एक खेल खेल्न बाँकी रहेकाले फाइदा छ ।

आर्सनलका प्रशिक्षक मिकेट अर्टेटाले एस्टन भिल्लामाथि साँघुरो जितपछि आफ्नो टोलीको चरित्र, साहस र गुणस्तरको प्रशंसा गरेको हो । यस जितले आर्सनललाई चौथो स्थानमा मजबुत बनाएको छ ।

‘तपाईं तिनीहरूसँग भएको कनेक्सन देख्न सक्नुहुन्छ । यो हेर्नको लागि अभूतपूर्व छ,’ अर्टेटाले बीटी स्पोर्ट्ससँग भनेका छन्, ‘यदि तपाईं शीर्ष टोली बन्न चाहनुहुन्छ भने, तपाईंले घर र बाहिर जित्नुपर्छ । हामीले त्यो लगातार गरिरहेका छौं र हामीले त्यसलाई जारी राख्नुपर्छ । हामी वास्तवमै शीर्ष चारमा पुग्न चाहन्छौं र हामी यसकै लाई प्रयास गर्नेछौँ ।’

दोस्रो हाफमा एस्टन भिल्लाले सुधारिएको प्रदर्शन गरेपनि फिनिसिङ गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?