+
+

स्याङ्जामा वडा तहमै कांग्रेस प्रतिनिधि खटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १४:११

६ चैत, काठमाडौं । नेपाली कांग्रेस स्याङजाले ९७ वडामा पार्टी प्रतिनिधि खटाएको छ । वडा तहमा प्रतिनिधि खटाइएको देशभर पहिलो हो ।

एउटा वडामा पाँच जना हुने गरि प्रतिनिधि खटाइएको हो । एक जना संयोजक सहित पाँच जनाको टोली जिल्ला भरका सबै वडामा चयन गरिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

चुनावी प्रचारका लागि केन्द्रले बनाएको नीति अनुसार अनुसार कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्न प्रतिनिधि बनाइएको हो । ‘अभियानलाई प्रभावकारी बनाउन प्रतिनिधि बनाइएको छ ।’ केन्द्रले चुनावी प्रचार अभियानमा स्याङ्जामा पठाएका नेता पौडेलले भने,‘घोषणापत्र संवाद कार्यक्रम उनीहरुले राख्छन् । जनतासँग संवाद राख्छन् । खासमा नागरिक संवाद अभियान हो । ’

कांग्रेसले सच्याउनुपर्ने विषय, स्थानीयका समस्या, पार्टीको नीति, लगायतमा उनीहरुले नागरिकसँग संवाद गर्नेछन् । वडा तहमा गर्ने कार्यक्रमको मोडालिटी तय गर्ने अधिकार उनीहरुलाई दिइएको हो ।

‘निर्वाचनमा टिकट वितरण गर्ने उनीहरुको क्षेत्राधिकार पर्दैन । त्यो बाहेक सबै कार्यक्रम उनीहरुले सञ्चालन गर्छन् ।’ पौडेलले भने । जिल्ला कार्यसमितिको सदस्य, महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य,प्रदेश महाधिवेशन प्रतिनिधि,भ्रातृ संस्थाका नेता लगायतलाई संयोजक बनाइएको छ ।

९७ वडाका संयोजकको भेला समेत आइतबार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?