
६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेलले लघुवित्त वित्तीय सेवाबारे आम मानिसमा बुझाउनु पर्ने बताएका छन् ।
आइतबारदेखि पोरखामा सुरु भएको लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको भेलालाई सम्बोधन गर्दै खरेलले सेवाबारे बुझाउन भूमिका खेल्नुपर्ने बताएका हुन् ।
लघुवित्तका विषयमा कतिपय नकरात्मक कुराहरु बजारमा आउने गरेको भन्दै उनले त्यस्ता विषयमा समेत ‘क्लियर’ गर्नुपर्ने बताए । लघुवित्त वित्तीय संस्थाले ग्रामीण भेगका जनताका लागि वित्तीय सेवा प्रदान गर्नु पर्ने भन्दै उनले लघुवित्तकै कारण कोही समस्यामा पर्न नहुने बताए । उनले सेवा भावमा समर्पित भएर काम गर्न लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन समेत दिए ।
लघुवित्तको समस्या र समाधानका विषयमा छलफल गर्न लघुवित्त बैंकर्स संघले सीईओहरुको भेला राखेको हो ।
संघका उपाध्यक्ष मिनबहादुर बोहराका अनुसार पोखरामा शनिबारदेखि सुरु भएको भेला आइतबार नै समापन हुनेछ ।
प्रतिक्रिया 4