+
+
Shares

कटवाल काण्डले हामीलाई १४/१५ समूहमा विभाजित गर्‍यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १६:५२

६ चैत, पोखरा । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कटवालकाण्डपछि पार्टीमा विभाजनको श्रृंखला सुरु भएको बताएका छन् ।

पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले विभाजन हुँदै अहिले १४/१५ वटा समूह बनेको समेत बताए । ‘कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला सुरु भएको  थियो,’ प्रचण्डको भनाइ छ, ‘एउटा, दुईवटा, तीनवटा कति हो कति ? अहिले फेरि एकता कति हो कति १४/१५ समूह लाइनमा छन ।’

प्रचण्डले माओवादी आन्दोलनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने कुरामा पनि जोड दिए । ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ?  बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो,’ प्रचण्डको भनाइ छ, ‘फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?