+
+

‘मन्त्र’ ट्रेलरमा सौगात र दीयाको ‘हिमाली प्रेमकथा’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १७:२२

६ चैत, काठमाडौं । हिमाली भेगको प्रेमकथामा आधारित फिल्म ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

२ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा सौगात र दीयाको लभस्टोरी चित्रण गरिएको छ । ट्रेलरअनुसार बुद्धि तामाङ खलपात्रको भूमिकामा छन् । दीयालाई भगाएर लैजान खोज्ने बुद्धिको प्रयासमा सौगात अवरोध भएपछि हुने द्वन्द्व मन्त्रको कथावस्तु हो ।

ट्रेलरमा मनास्लु क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकाको आकर्षक हिमाली ल्याण्डस्केप र बौद्ध परम्परा पनि चित्रण गरिएको छ । प्रेसमिटमा अभिनेता मल्लले छायांकनमा भएका रमाइला अनुभव बाँडे ।

निर्देशक खिलबहादुर गुरुङले ५ हजार १०० मिटरभन्दा उचाइको मनास्लु क्षेत्रमा पुगेर कठिनाइपूर्वक फिल्म सुट गरिएको बताए । वैशाख १६ गते रिलिज हुने तयारीमा रहेको फिल्मलाई देवेन्द्र मानन्धरले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?