+
+

गुगलमा गज्जबको फिचर : १५ मिनेट पहिले के सर्च गर्नुभयो ? कसैले थाहा पाउँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १२:०६

सर्च इन्जिन गुगलले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि एउटा नयाँ तथा उपयोगी फिचर ल्याएको छ ।

उक्त फिचर अनुसार अब एन्ड्रोइड स्मार्टफोन प्रयोगकताले पछिल्लो १५ मिनेटको गुगल सर्च हिस्ट्रीलाई समेत डिलिट गर्न सक्नेछन् ।

गुगलले हाल यो फिचरलाई परीक्षणका रुपमा सुरु गरेको छ ।

आफ्नो फोनमा यो फिचर भए नभएको पत्ता लगाउनका लागि एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल एप खोलेर प्रोफाइल पिक्चर आइकनमा थिच्नुपर्दछ ।

त्यसपछि अकाउन्ट सेटिंग्सको पेज खुल्दछ । जसमा एक नयाँ अप्सन देखिन्छ जसमा लेखिएकोहुन्छ कि तपाईंले पछिल्लो १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सक्नुहुनछ ।

स्मरण रहोस् गुगलले गत जुलाईमै आइफोन प्रयोगकर्ताका लागि यो फिचर ल्याएको थियो ।

सबै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्तालाई समेत आगामी केही हप्तामै यो फिचर उपलब्ध हुने बताइएको छ । डिफल्ट गुगल सर्च एपमा मात्रै यो फिचर प्रयोग गर्न सकिनेछ । गुगलले यो फिचरलाई डेस्कटपमा पनि सुरु गर्ने नगर्ने बारेमा केही बताएको छैन ।

गुगलले आगामी मे ११ र १२ मा आफ्नो वार्षिक डेभलपर सम्मेलनको आयोजना गर्दैछ । त्यही क्रममा १५ मिनेटको हिस्ट्री डिलिट गर्न सकिने फिचरसँगै अन्य हार्डवेयर तथा सफ्टवेयरहरु समेत सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?