+
+

सोनम कपुर आमा बन्दै, सेयर गरिन् बेबी बम्पको तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १२:४७

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो बेबी बम्पको तस्वीर सेयर गर्दै उनले आफू गर्भवती रहेको जानकारी दिएकी हुन् ।

तस्वीरमा उनी आफ्ना श्रीमान आनन्द आहुजासँग देखिन्छिन् । सोनमले यो तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘चार हात, जो जतिसक्दो राम्रो तरीकाले तपाईंको पालनपोषण गर्न सकुँ, यो दिल तपाईंकै  लागि धड्किरहेछ । एक परिवार जसले तपाईंलाई माया र सहयोग दिन्छ । हामी तपाईंको आगमनको प्रतीक्षा गरिरहेका छौं ।’

उनले आफूहरु बच्चाको व्यग्र प्रतीक्षामा रहेको संकेत गरेकी छन् ।

बलिउड अभिनेत्री सोनमले चार वर्षअघि आनन्दसँग विवाह गरेकी हुन् । आमा बन्न लागेका खबर बाहिरिएसँगै उनीहरुलाई प्रशंसकहरुले बधाई दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?