+
+

मैत्रीपूर्ण खेलका लागि फुटबल टोली थाइल्याण्ड प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १२:५६

७ चैत, काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड प्रस्थान गरेको छ । नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको हो ।

एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले १० चैतमा थाइल्याण्डसँग र १३ चैतमा शीर्ष श्रेणीको क्लब चोङ्गबुरी एफसीसँग खेल्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण फुटबल खेलका लागि थाइल्याण्ड जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच टोलीलाई बिदाई गरेको थियो ।

आगामी जुनमा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । छनोटमा थाइल्याण्ड, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंकाको समूहमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?