+
+

एनआरएनएको चुनाव रोक्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १५:०९

७ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएको १० र ११ चैतमा हुने निर्वाचन कार्यक्रम रोक्न अदालतले आदेश दिएको छ ।

एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले निर्वाचन कार्यक्रम नगर्नु नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले उक्त मुद्दामा ९ चैतमा दुवै पक्षलाई छलफलमा बोलाएको बताए । एनआरएनएको चुनाव १० र ११ चैतमा काठमाडौंमा हुँदै थियो । तर अघिल्लो निर्वाचनमा अध्यक्षको उम्मेदवार रहेका कुल आचार्य समूहले बहिस्कार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?