+
+

‘२ नम्बरी’मा वर्षाको ठाउँमा उपासना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १७:२२

काठमाडौं । फिल्म ‘२ नम्बरी’को नायिकामा उपासना सिंह ठकुरी फाइनल भएकी छन् । वर्षा राउतले फिल्म छाडेपछि उनको ठाउँमा उपासना भित्रिएकी हुन् । प्रस्तुतकर्ता किरण नेपालीले वर्षाको ठाउँमा उपासनालाई अनुबन्धित गरिएको जानकारी दिए । ‘उपासना इन्ट्री भएसँगै फिल्म लक्ड भएको छ,’ उनले अनलाइनखबरसँग भने ।

फिल्मकी अर्की नायिकामा भुटानकी उगेन छोदेन यसअघि नै फाइनल भइसकेकी छन् । यो ‘२ नम्बरी’मा दयाहाङ राई र सौगात मल्ल मुख्य अभिनेता छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म आगामी सातादेखि छायांकनमा जाने तयारीमा छ ।

‘क्याप्टेन’देखि फिल्म करिअर थालेकी उपासनाले ‘कबड्डी कबड्डी कबड्डी’ फिल्ममा पनि अभिनय गरेकी छन् ।

निर्माता, कलाकार र पटकथामा हेरफेर गर्दै फिल्म ‘२ नम्बरी’ पुनः छायांकनमा जाने तयारीमा छ । कोरोना महामारीका कारण प्रभावित यो फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?