+
+
Shares

पुटिनले रासायनिक र जैविक हतियार प्रयोग गर्न सक्छन् : बाइडेन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते ११:१४

८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्ने सक्ने बताएका छन् ।

बाइडेनले युक्रेन युद्धमा कडा प्रतिरोध सामना गरिरहेका कारण पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले यसैका लागि आधार तयार गर्न युक्रेनसँग जैविक एवम् रासायनिक हतियार रहेको झूठो आरोपसमेत लगाएको बाइडेनको भनाइ छ ।

युक्रेनको सेनाले कडा प्रतिरोध गर्दा पुटिन ‘अप्ठ्यारोमा परेको’ पनि बाइडेनले बताए । पुटिनले ‘फल्स फ्ल्याग’ अर्थात् अरुलाई दोष देखाएर जैविक एवं रासायनिक हतियार प्रयोग गर्न सक्ने पनि उनको भनाइ थियो ।

‘उनीहरूले युक्रेनमा जैविक तथा रासायनिक हतियार भएको बताइरहेका छन्’, बाइडेनले भने, ‘यो दुबै हतियार प्रयोग गर्नेबारे उनले (पुटिन) सोचिरहेको कुराको प्रस्ट संकेत हो ।’

यदि पुटिनले जैविक तथा रासायनिक हतियार प्रयोग गरे नेटो राष्ट्रले कडा कदम चाल्ने पनि बाइडेनको चेतावनी थियो । तर त्यस्ता हतियार प्रयोग भएको अवस्थामा नेटोले चाल्न सक्ने कदमबारे उनले केही खुलाएनन् । – एजेन्सीको सहयोगमा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?