+
+

टिगोर ईभी ‘भ्युअर्स चोइस ईभी अफ द इयर २०२२’ बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १४:५१

काठमाडौं । टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर ईभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ । विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ ले सम्मान गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्ट अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको थियो । सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पायो ।
गाडीको बाहिरी, आन्तरिक र सुरक्षा विशेषताहरूका कारण विद्युतीय टिगोर ग्राहकहरू माझ लोकप्रिय रहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ। वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको हो भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको हो ।

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर २६ किलोवाटको लिक्विड–कुल्ड र उच्च उर्जा घनत्व ब्याट्री प्याकद्वारा सञ्चालित रहेको कम्पनीले बताएको छ । यसमा भएको आईपी–६७ रेटेड ब्याट्री प्याकले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बीएचपी पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।

विद्युतीय टिगोर छोटो समयमै चार्ज गर्न सकिन्छ । त्यो भनेको यसमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसबाहेक ब्याट्रीलाई १५ एएमपी प्लग अर्थात् घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट पनि सजिलै चार्ज गर्न सकिन्छ । यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ । यसले गर्दा पनि ग्राहकहरूलाई विद्युतीय टिगोर रोज्न लोभ्याउँछ।

ग्राहकहरूको रोजाइको ईभी बन्न सफल विद्युतीय टिगोरलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । यसमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ । जसमा लामो यात्राका लागि आवश्यक सामग्रीहरू पनि सहजै अटाउन सकिन्छ ।

विद्युतीय टिगोर डेटोन ग्रे र टिल ब्लू (निलो) गरी दुई वटा रंग विकल्पमा उपलब्ध छन् ।परीक्षणअनुसार विद्युतीय टिगोरले एक पटकको पूरा चार्जमा ३०६ किलोमिटरसम्मको माइलेज दिन्छ ।

विद्युतीय टिगोरमा ७ इन्चको हर्मान इन्फोटेनमेन्ट टचस्क्रिन, डिजिटल एलसीडी इन्सट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ । यसमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू पनि छन् ।
सुरक्षाको हिसाबले हेर्दा कम्पनीले विद्युतीय टिगोरमा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ । त्यसैले गर्दा पनि गाडी ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको बुझिन्छ ।

कम्पनीका अनुसार भारतीय बजारमा विद्युतीय टिगोरको मूल्य १२ लाख २४ हजार रुपैयाँदेखि १३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ। टिगोर इभी एक्सई, एक्सएम र एक्सजेड प्लस गरी तीनवटा ट्रिममा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?