
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी हेल्पलाइन सेवा सुरु गरेको छ । ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकिङ कारोबारमा सहज बनाउने उद्देश्यले हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकको कुनै पनि डिजिटल कारोबारबारे जिज्ञासा भएमा बैंकको सहयोग कक्षमा सम्पर्क गरेर सहयोग लिन सकिने बैंकले जनाएको छ ।
मोबाइल बैंकिङ (बीओके स्मार्ट), इन्टरनेट बैंकिङ, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम (एटीएम) तथा पीओएसको कारोबारमा केही समस्या आएमा बैंकको हेल्पलाइन नम्बरबाट सिधै सहयोग लिन सक्ने बैंकले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4