+
+

पश्चिम बंगालमा टिएमसी नेताको हत्यापछि हिंसा भड्कियो, कम्तिमा ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ६:२४

९ चैत, काठमाडौं । भारत पश्चिम बंगालको बीरभूम जिल्लामा भड्किएको हिंसामा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ । बीरभूम जिल्लाको बगटुई गाउँमा भएको यो घटनाले जिल्ला शोकमग्न छ ।

सोमबार बिहान एक पसलमा चिया पिइरहेको बेला त्रिणमूल कांग्रेस (टीएमसी)का नेता भादु शेखमा अज्ञात समूहले गोली हानेको थियो । तत्कालै उनलाई उपचार गर्न रामपुर हाट अस्पताल लगियो तर डाक्टरहरुले बचाउन सकेनन् ।

मृत्युको खबर फैलिनासाथ उनको घर नजिकका घरहरुमा अज्ञात समूहले आगजनी गरेको थियो । आगोमा जलेर १० जनाको मृत्यु भएको दाबी स्थानीयले गरे पनि प्रहरीले भने ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । जलेको एउटा घरबाट सात जनाको शव बाहिर निकालिएको थियो ।

यो घटनापछि गाउँलेहरु आतंकित छन् । गाउँमा आतंकसँगसँगै पश्चिम बंगालको राजनीति पनि तरंगीत भएको छ ।

राज्यपाल जगदीप धनखडले यस घटनाको विस्तृत अनुसन्धान रिपोर्ट तयार पार्न सरकारका सचिवलाई निर्देशन दिएका छन् । घटनाको अनुसन्धान गर्न राज्य सरकारले विशेष कार्यदल गठन गरेको र घटनामा संलग्न भएको आशंकामा ११ जना पक्राउ परेको भारतीय मिडियाले जनाएका छन् ।

अर्को तर्फ मुख्य विपक्षी पार्टी भाजपाले राज्यमा शान्ति सुव्यवस्था र कानुनी राज्यमा प्रश्न उठाउँदै मुख्यमन्त्री ममता बनर्जीको राजीनामा मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?