+
+

कलेजहरुलाई चिकित्सा शिक्षा आयोगको निर्देशन : सीटीईभीटी वा विश्वविद्यालय एक रोज

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालयमध्ये एउटाको मात्र स्नातक तहको कार्यक्रम छनोट गर्न निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १४:५४

९ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालयमध्ये एउटाको मात्र स्नातक तहको कार्यक्रम छनोट गर्न निर्देशन दिएको छ ।

आयोगले सबै विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालाई पत्र पठाउँदै चिकित्सा शिक्षाको स्नातक तहमा विश्वविद्यालय र सीटीईभीटी दुवैको कार्यक्रम सञ्चालन गरेको भए यस वर्षदेखि एउटा छाड्न र एउटा मात्र कार्यक्रम सञ्चालन गर्न भनेको हो ।

आयोग, कार्यकारी समितिको बैठकले शैक्षिक सत्र २०७८-०७९ मा स्नातक तहको सिट निर्धारण सम्बन्धी निर्णय गर्नका लागि चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गते बसेको बैठकको निर्णय नं. ७ बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयन सम्बन्धमा भएका निर्णय कार्यान्वयनका लागि आयोगले विश्वविद्यालय तथा प्रतिष्ठानलाई पत्राचार गरेको थियो ।

तर कार्यान्वयनको चरण बाँकी रहेको जानकारी प्राप्त भएको भन्दै विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएको शिक्षण संस्थामा सीटीईभीटीतर्फका प्रमाण पत्र तहका कार्यक्रम भएका भए कुनै एउटाको मात्र छनोट गर्न आयोगले निर्देशन दिएको हो ।

केही शैक्षिक संस्थाले विश्वविद्यालय र सीटीईभीटी दुवैबाट सम्बन्धन लिएर एउटै संस्थामा चिकित्सा शिक्षाको स्नातक तहको कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?