
९ चैत, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
रेसुङ्गा नगरपालिका वडानम्बर–२ निवासी अन्दाजी ५२ वर्षका मोटरसाइकल चालक रामबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक सन्तोष चन्द्रले बताए । उनका अनुसार सोही ठाउँ निवासी ३९ वर्षीयका रुद्र बिक घाइते भएका छन् ।
बुधबार दिउँसो जिल्ला सदरमुकाम तम्घासबाट सिमलटारी जाने क्रममा लु १२ प ३८०९ नम्बरको मोटरसाइकल इस्मा गाउँपालिकाको छिनुवा खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते भएका २ जनामध्ये कुँवरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल आफै अनियन्त्रिक भइ सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4