+
+

साम्राज्ञी र जितुको ‘ह्यारीकी प्यारी’को छायांकन सकियो 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १८:३८

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालको मुख्य भूमिका रहेको सोसल कमेडी फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सकिएको छ ।

दुई दशकदेखि लण्डनमा दन्त चिकित्सामा कार्यरत कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्मको छायांकन पूरा भएको हो । कपिल वरिष्ठ चिकित्सक भोला रिजालका छोरा हुन् ।

पर्वतको भुकदेउराली गाउँदेखि छायांकन सुरु भएको फिल्मको बाँकी छायांकन पोखरा र काठमाडौंमा समेत गरिएको थियो । साम्राज्ञी र जितुले पहिलोपटक अनस्क्रिन जोडी बाँधेका छन् भने साम्राज्ञीको यो पहिलो कमेडी फिल्म समेत हो ।

निर्देशक रिजालले परिस्थितिजन्य कमेडी जनरामा फिल्म निर्माण भएको जानकारी दिए । निर्माता तथा गीतकार डा. भोला रिजालको बीआर प्रोडक्सनको व्यानरमा यो फिलम निर्माण भएको हो ।

कपिलले लण्डनमै रहेर अंग्रेजी भाषाका छोटा फिल्म गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् । ‘ह्यारीकी प्यारी’मा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?