+
+

गण्डकीमा माओवादीका पदाधिकारी चुन्न निर्वाचन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते २०:०४
तस्वीर : त्रिभुवन पौडेल

९ चैत, पोखरा । नेतृत्व चुनिएको करिब चार महिनापछि नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । मंगलबारदेखि पोखरामा सुरु भएको पहिलो पूर्ण बैठकले पदाधिकारीमा सर्वसम्मत निर्णय गर्न नसकेपछि मतदान प्रक्रिया सुरु भएको हो ।

मंसिर २७ गते भएको माओवादीको प्रदेश अधिवेशनले गायत्री गुरुङको अध्यक्षमा सर्वसम्मत २ सय १ सदस्यीय प्रदेश कमिटी गठन गरेको थियो । नेकपा माओवादी गण्डकी संसदीय दलको प्रमुख सचेतकसमेत रहेकी प्रदेश अध्यक्ष गुरुङको अध्यक्षतामा बस्ने पहिलो बैठकले पदाधिकारीको टुंगो लगाउने भनिएको थियो ।

करिब ४ महिनापछि भएको पहिलो बैठकले पनि पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा जान लागेको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।

‘नेता देव गुरुङ, प्रदेश ईन्चार्ज हितराज पाण्डे लगायतका नेताहरुसहित सहमतिको प्रयास गरेका थियौं । तर, सहमति जुट्न नसकेपछि निर्वाचनमै जानुपर्ने भएको छ,’ अध्यक्ष गुरुङले भनिन्, ‘२ सय १४ जना प्रदेश सदस्यले पदाधिकारीमा मतदान गर्ने छन् र आजै नतिजा सार्वजनिक हुने छ ।’

आठ पदाधिकारीका लागि १८ जनाको उम्मेदवारी परेको प्रदेश सदस्य त्रिभुवन पौडेलले जानकारी दिए । ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्ष पदका लागि निर्वाचन भएको हो । उपाध्यक्षका लागि मित्रशरण शर्मा (नवलपुर), गुणाखर बस्याल (पर्वत), ज्ञामनाथ गैर (बागलुङ) लोकप्रसाद बञ्जरा (गोरखा), गंगाप्रसाद पोखरेल (कास्की), केशव पौडेल कास्की र गीता शाही (तनहुँ) प्रतिस्पर्धामा छन् ।

सचिव पदका लागि जगन्नाथ खनाल (कास्की) र विष्णुप्रसाद भट्ट (गोरखा) बीच प्रतिस्पर्धा भइरहेको छ । यसैगरी सहसचिव पदाका लागि जीवन खाती (कास्की), टेकबहादुर विक (म्याग्दी), मेखबहादुर भण्डारी (लमजुङ), राजकुमार दुलाल (कास्की), कल्पना अर्याल (स्याङ्जा) र अतिन्द्रकेशरी न्यौपाने (तनहुँ) चुनावी मैदानमा छन् ।

कोषाध्यक्ष पदमा ताराप्रसाद भुसाल (स्याङ्जा) र कास्कीका भीमबहादुर विक तथा मेखबहादुर विकबीच मतदान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?