+
+

पटेर्वासुगौलीमा एकैदिन १४ जना छात्रा बेहोस

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १९:११

९ चैत, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको एक विद्यालयमा एकै दिन १४ जना छात्रा बेहोस भएका छन् । गाउँपालिकाको वडा नं. ४ सुगौली दापुस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १४ जना छात्रा बेहोस भएका हुन् ।

पढाइ भईरहेकै बेला छात्रा अचानक बेहोस भएको विद्यालयका शिक्षक रामाशंकर राउत थारुले बताए ।

‘कक्षा ८ मा पढ्ने एक जना छात्रा हिजो बेहोस भएकी थिइन । आज एकै दिन ७ कक्षादेखि १० कक्षासम्मका १४ जना बेहोस भए,’ उनले भने ‘हामीले नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी बोलाएर उपचार सुरु गर्‍यौं । एक जना बेहोस भएपछि विद्यार्थी रुवाबासी गर्न थाले र अरु पनि बेहोस भए ।’

बेहोस भएका छात्राको पटेर्वा सुगौली स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । जसमध्ये ४ जनालाई थप उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको छ । २ जनालाई सास फेर्न गाह्रो भएपछि अक्सिजन लगाएर पठाइएको उनले बताए ।

विद्यार्थी बेहोस भएपछि विद्यालयको पठनपाठन समेत अवरुद्ध भएको छ । अरु विद्यार्थी पनि अचेत हुन सक्ने आशंकामा सबैलाई घर पठाइएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?