+
+

टिकाराम पुरीको ‘खाली खुट्टा’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ११:५३

१० चैत, विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीको पुस्तक ‘खाली खुट्टा’ विमोचन भएको छ ।

प्याब्सनको १५औं महाधिवेशन उद्घाटनका क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले ‘खाली खुट्टा’को विमोचन गरेका हुन् ।

काठमाडौं बाहिरबाट पहिलो पटक प्याब्सनको केन्द्रीय अध्यक्ष बनेका पुरी एभरेष्ट स्कुल, कलेज, एम्स कलेज लगायतका शैक्षिक संस्था सञ्चालन गर्छन् । पुरी १४औं महाधिवेशनबाट प्याब्सनको केन्द्रीय अध्यक्ष बनेका थिए ।

२०२४ साल वैशाख १ गते संखुवासभाको खादबारी नगरपालिकामा जन्मिएका पुरीले बाल्यकालको संघर्षदेखि प्याब्सनको नेतृत्वमा पुगेपछि गरेको संघर्षसलाई खाली खुट्टामा समावेश गरेका छन् । पुरीको पुस्तक ‘खाली खुट्टा’ जनता पब्लिकेशनले प्रकाशित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?