
१० चैत, चितवन । बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरि जेल चलान गरिएको छ ।
१६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरि चितवन कारागार पठाएको हो ।
निकुञ्जले उनलाई ३ चैतमा भरतपुर-१ लिलाचोकबाट पक्राउ पक्राउ गरेको जनाएको छ । प्रतिवादीलाई निकुञ्जले १५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । त्यतिबेला वन्यजन्तुसम्बन्धी मुद्दाको फैसला निकुञ्जले नै गर्ने व्यवस्था थियो ।
१४ असोज २०६२ मा निकुञ्जको मध्यवर्ती क्षेत्र सौराहामा गोरखा साविक सिर्दिबास गाविसका सुरेन्द्र गुरुङ र साविक सिम्जुङ गाविसका वीरबहादुर गुरुङलाई निकुञ्जले एक थान बाघको छाला र नगद ४१ हजारसहित पक्राउ गरेको थियो ।
अनुसन्धान गर्ने क्रममा थप दुईजना फरार प्रतिवादीको संलग्नता रहेको खुलेको निकुञ्जको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
प्रतिक्रिया 4