+
+

दाङमा १ ग्राम ५१० मिलिग्राम लागु औषधसहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १६:२८

१० चैत, दाङ । दाङमा लागूऔषध १ ग्राम ५१० मिलिग्राम खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १५ काठेकोलका विक्रम चौधरी, वडा नं १७ सुशिल विश्वकर्मा र वडा नं-१४ का शुसिल एरी रहेका छन् ।

घोराही उपमहानगरपालिका-१५ स्थित पार्वती रेष्टुरेन्ट नास्ता पसलबाट १ ग्राम ५१० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

लागू औषध कारोवार भइरहेको सूचना आधारमा रातो प्लाष्टिकको पोका भित्र १६ वटा पुडिया बनाइ राखेर अवस्थामा लागु औषध बरामद गरिएको रिजालले बताए । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?