
१० चैत, काठमाडौं । जिल्ला अदालत, तनहुँले पल शाह प्रकरणमा पीडित परिवारबारे अमर्यादित र अश्लिल ढंगले टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।
थुनछेक बहसपछि जारी आदेश पर्चामा पीडितमाथि अमर्यादित टिप्पणी नगरिदिन जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले आग्रह गरेका हुन् ।
उनले अदालतमा मुद्दा विचाराधीन रहेको बताउँदै साक्षी बुझ्ने समेतका कार्य बाँकी रहेकाले अनुसन्धान, अभियोजन र न्यायिक काम कारबाहीका विषयमा पनि अमर्यादित टिप्पणी नगर्न सञ्चारमाध्यम, कानून व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेका छन् ।
न्यायाधीश ढुंगानाको इजलासले बिहीबार जबरजस्ती करणीको कसूरमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटी बुझाएर छाड्न आदेश दिएको छ ।
शाहविरुद्ध एक जना नाबालिकामाथि जबरजस्ती करणी गरेको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको थियो ।
प्रतिक्रिया 4