+
+

फलोअपका लागि वर्षमान पुन चीन प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते ५:४५

११ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन (अनन्त) फलोअप उपचारका लागि आज चीन गएका छन् ।

सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गरेका हुन् ।

पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन गएका छन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । अनन्त फलोअप गराएर ४ दिनपछि स्वदेश फर्किनेछन् ।

जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो ।

स्वास्थ्य लाभ गरी पुन १० माघमा चीनबाट स्वदेश फर्किएका थिए । स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले पुन चीन गएको पुनकी पत्नी घर्तीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?