
११ चैत, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नगरपालिका–७ उग्रचण्डीमा आज बिहान बस र मोटरसाइकल ठोक्किंदा २ जना गम्भीर घाइते भएका छन् ।
बनेपाबाट धुलिखेल तर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–२ देउरालीका २८ वर्षीय सुनिल कुमार खड्का र पछाडि सवार सोही ठाउँका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन् । घाइते दुबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4