+
+

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १२:४३

११ चैत, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।

बजारमा कारोबारका लागि छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ सय र र तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक सय रुपैयाँ तोकिएको थियो ।

बिहीबार तोलामा १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला १४ सय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?