+
+

नेपाली बजारमा भित्रिंदै सुजुकी एभेनीस स्कुटर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १४:४०

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नेपाली बजारमा १२५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभेनिस सार्वजनिक गर्ने तयारी गरिएको छ ।

अबको केही दिनभित्रै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ । प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएपछि कम्पनीले नयाँ मोडलको स्कुटर नेपाल भित्र्याउन लागेको हो ।

भारतीय बजारमा केही महिनाअघि मात्रै यो स्कुटर सार्वजनिक गरिएको थियो । भारतमा सुजुकी एभेनिसले आफ्नो सेगमेन्टमा अविश्वसनीय उपलब्धि हासिल गरिरहेको कम्पनीको भनाइ छ । नेपाली बजारमा समेत यही सेगमेन्टका स्कुटर धेरैको रोजाइमा पर्ने विश्वास कम्पनीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?