+
+

महिला लिग फुटबल : धनगढी, ललितपुर र नेपाल पुलिस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १९:१२

११ चैत,  चितवन । दोस्रो राष्ट्रिय महिला लिग फुटबलमा शुक्रबार भएका खेल धनगढी, ललितपुर र नेपाल पुलिसले जितेका छन्  ।

पहिलो खेलमा धनगढीले वालिङलाई ६-० ले को फराकिलो अन्तरले हरायो । भरतपुर १९ स्थित शारदानगर माविको मैदानमा भएको खेलमा धनगढीलाई जिताउन चन्द्रा भण्डारीले चार गोल गरिन् । अन्जना थुलुङ राई र सीमा रावलले समान एक-एक गोल गरे ।

एकतर्फी खेलको १० औं मिनेटमा सीमाको गोलबाट धनगढीले अग्रता लियो । २९ औं मिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाइन् । ३५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा धनगढीलाई ३-० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा धनगढीले तीन गोल थप्यो । दोस्रो हाफको दोस्रो मिनेटमा नै चन्द्राले हृयाट्रिक पूरा गरिन् । ७० औं मिनेटमा अन्जनाले धनगढीका लागि पाँचौ गोल गरिन् । ७३ औं मिनेटमा चन्द्राले व्यक्तिगत चौथो गोल गरेपछि धनगढीले ६-० को फराकिलो जित दर्ता गर्‍यो । चन्द्रा नै खेलको प्लेयर अफ द म्याच भइन् ।

दोस्रो खेलमा ललितपुरले चन्द्रपुरलाई १-० ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा बिष्णु साम्बाहाम्फेले गोल गरे ।

पहिलो हाफमा थप गरिएको ५ मिनेटको अन्तिम मिनेटमा बिष्णुले गोल गरिन् । उक्त गोल नै ललितपुरलाई जिताउन पर्याप्त भयो । खेलको प्लेयर अफ द म्याच ललितपुरकी डिफेन्डर सृजना सिंह भइन् ।

तेस्रो तथा अन्तिम खेलमा नेपाल पुलिस क्लबले विराटनगरलाई २-० ले पाखा लगायो । पुलिसको जितमा दुबै गोल निर्मला उपाध्यायले गरिन् ।

खेलको १४ औं मिनेटमा निर्मला उपाध्यायले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिईन् । निरु थापाको क्रसमा विराटनगरकी गोलकिपर कल्पना कार्कीलाई बिट गर्दै निर्मलाले सुन्दर गोल गरिन् ।

७५ औं मिनेटमा निर्मलाले नै व्यक्तिगत दोस्रो गोल गरिन् । डि बक्स बाहिरबाट उनले गरेको शशक्त प्रहार विराटनगरकी गोलकिपरले बचाउन सकिनन् । निर्मला नै प्लेयर अफ द म्याच भइन् ।

लिगमा आइतबार ललितपुर र त्रिभुवन आर्मी फुटबल क्लब तथा वालिङ र विराटनगर भिड्नेछन् ।

यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा आयोजना गरिएको हो  । दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?