+
+

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते १६:०८
परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।

१२ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।

भ्रमण तालिका अनुसार दुई परराष्ट्रमन्त्रीबीच शनिबार भएको छलफलपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । त्यसपछि शनिबार नै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल हुनेछ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?