+
+

नेपालबाट चीनमा घाँस पनि निर्यात हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते २०:४१

१२ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबिच भएको नौबुँदे समझदारी मध्येको एउटा बुँदा हो, ‘सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी’ ।

यो समझदारी अनुसार अब नेपालबाट चीनमा घाँस निर्यात हुने छ । तर त्यो घाँस अहिले खेतबारीका कान्लामा भएको घाँस हैन । चीन निर्यात हुने घाँस हेलेज हो । चितवन, नवलपरासी, दाङ र गोरखामा नेपाली व्यवसायीसँग मिलेर चिनियाँले हेलेज नामको घाँस उत्पादन गरिरहेका छन् । मकै जस्तै प्रजातीको यो घाँस चीन निर्यात गर्ने सहमति भएको हो ।

घाँस निर्यात सम्बन्धी सहमतिको खाका दुई देशका अधिकारीबिच ३ महिना अघि साटासाट भएको कृषि मन्त्रालयले जनाएको छ । यो सम्झौतापछि अहिले सानो र थोरै परिमाणमा उत्पादनमा रहेको घाँसको व्यावसायिक उत्पादन बढ्ने विश्वास गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

सम्झौता अनुसार चीन निर्यात हुने हेलेज घाँस स्वस्थ, ढुसीरहित, स्वदेशी उत्पादन र प्रशोधन गरिएको हुनु पर्ने छ । पोषिलो हुने हेलेजलाई पशुले सहजै पचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?