+
+

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १२:१९

१३ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको हो ।  भेट नक्सालस्थित होटल मेरियटमा भएको हो ।

चिनियाँ विदेशमन्त्रीलाई भेट्न प्रचण्ड मेरियट होटलमा पुगेका थिए । प्रचण्ड मेरियट पुग्दा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचके भेट चलिरहेको थियो ।

तीन दिने नेपाल भ्रमणमा आएका यीले यसअघि आइतरबा नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?