+
+
Shares

चरिकोटमा ग्राहकसँग शिवम् सिमेन्टको अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १३:१८

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा ‘ग्राहक अन्तरक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ ।

निर्माण सम्बन्धी विभिन्न निकायका प्रतिनिधिहरु उपस्थित उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरु सहभागी भएका थिए ।

कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरुले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरुले सम्बन्धित निकायबाट लिनु पर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामग्रीको महत्व आदि विषयमा प्रष्ट्याएका थिए ।

अन्तरक्रिया कार्यक्रममा निर्माण कार्यमा संलग्न ग्राहकहरुलाई दक्ष एवं अनुभवी प्राविधिकहरुमार्फत सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माण कार्य गर्दा हरेकदिन आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

शिवम् सिमेन्टले ग्राहकहरुसँग अझ बढी अन्तर सम्बन्ध कायम राख्न अन्तरक्रिया कार्यक्रम सुरुवात गरेको छ । यसअघि देशका विभिन्न स्थानका निर्माणकर्मीहरुलाई निर्माणसम्बन्धी समस्याहरुको बारेमा जानकारी गराउँदै आइरहेको थियो ।

निर्माण कार्य गरिरहेका ग्राहकहरुले निर्माणसम्बन्धी दक्ष प्राविधिकद्वारा निर्माण सम्बन्ध प्राविधिक सेवा लिन चाहे शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्री पछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आहिरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?