+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा ‘पर्सेन्टाइल’ प्रणालीमा लागू गर्ने

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १४:३९

१३ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू गर्ने भएको छ ।

नतिजामा पर्सेन्टाईल प्रणाली लागू गर्दा परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये न्यूनत्तम ५० प्रतिशत अध्ययनका लागि योग्य हुने आयोगको दाबी छ । आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गरेर ‘पर्सेन्टाइल’ प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

संशोधित कार्यविधिले चिकित्सा शिक्षाका विभिन्न तहका नतिजाको योग्यताक्रममा समावेश हुनका लागि न्यूनत्तम ५० औं पर्सेन्टाइल र सोभन्दा माथि रहेको हुनुपर्ने साथै सही उत्तरका लागि एक अंक प्राप्त हुने तथा प्रत्येक गलत उत्तरका लागि ०.२५ अंक घटाउने व्यवस्था गरेको छ ।

आयोगले गत वर्ष कार्यान्वयन गरेको पद्धतिमा दुई सय पूर्णाङ्कमा सञ्चालित परीक्षामा न्यूनतम एक सय अंक अर्थात् ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षामा भर्ना हुन पाउने व्यवस्था गरेको थियो ।

यो व्यवस्थाले नर्सिङ, फार्मेसीलगायत विषयमा मेडिकल कलेजका लागि तोकिएको सिट संख्याको आधा भन्दा कम विद्यार्थी योग्य भएपछि कार्यविधि संशोधन गरी ‘पर्सेन्टाइल’ प्रणाली लागू गरिएको आयोगको भनाई छ ।

यो प्रणालीले परीक्षार्थीले विषयवस्तु नबुझी अनुमानको भरमा मात्रै पनि उत्तर दिने तरिकालाई निरुत्साहित र्न प्रति गलत उत्तर वापत ०.२५ अंक घटाइने हुँदा अध्ययनशील परीक्षार्थीलाई मर्का नपर्ने, नकारात्मक अंकका कारण पर्सेन्टलाइल प्रणालीले दिने नतिजाको योग्यताक्रममा फरक नपर्ने आयोगको दाबी छ ।

चैत १८, २० र २१ मा हुने एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू हुनेछ । आयोगको अनुसार एक परीक्षामा ३६ हजार विद्यार्थी सहभागी हुनेछन् । यो वर्ष चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहमा ८ हजार विद्यार्थीले पढ्न पाउने गरी सिट संख्या तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?