+
+

पोखरा विमानस्थलबाट कहिले सुरु हुन्छ उडान ?

अच्युत पुरी अच्युत पुरी
२०७८ चैत १३ गते १९:४०
फाइल तस्वीर

१३ चैत, काठमाडौं । नेपाल भ्रमणमा आएका मौका पारेर चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरे ।

चिनियाँ विदेशमन्त्रीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपाली समकक्षी डा. नारायण खड्कालाई साँचो हस्तान्तरण गरेका हुन् ।

विमानस्थल हस्तान्तरण भएपनि तत्काल अन्तर्राष्ट्रिय उडान हुने अवस्था छैन ।

चिनियाँ जोडबलमा हस्तान्तरण

पोखरा विमानस्थल चिनियाँ एक्जिम बैंकको ७५ प्रतिशत र चिनियाँ सरकारको २५ प्रतिशत गरी कुल २१ अर्ब ४५ करोड रुपैयाँ ऋण लगानीमा निर्माण भइरहेको छ । चिनियाँ सरकारको ऋण निर्व्याजी हो भने एक्जिम बैंकको ऋणको दुई प्रतिशत ब्याज तिर्नुपर्छ ।

विमानस्थल निर्माण समेत चिनियाँ सरकारी स्वामित्वको कम्पनीले गरेका कारण चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण पारेर हस्तान्तरण गरिएको प्राधिकरणका अधिकारी बताउँछन् । ‘यो वर्ष चीनबाट माथिल्लो स्तरको तत्काल अर्को भ्रमणको सम्भावना छैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘त्यसैले यही मौकामा आयोजना हस्तान्तरण गरौं भन्ने प्रस्ताव आएको हो ।’

अझै काम बाँकी छ

विमानस्थल निर्माणको भौतिक प्रगति ९३ प्रतिशत नाघेको छ । संरचना र उपकरण जडानको काम पूरा भएको छ । २५०० मिटर लामो धावनमार्ग बनेको छ । आयोजनाले दिएको जानकारीअनुसार टर्मिनल विल्डिङ सहितका संरचना बनेका छन् ।

फिनिसिङका काम पनि चलिरहेको छ । विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा रहेको रिठ्ठेपानी डाँडा कटान गर्न बाँकी छ । डाँडा कडानका लागि गरिएको वातावरणीय अध्ययन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा मूल्यांकनको चरणमा छ ।

यसैसाता पास हुनसक्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । डाँडा कटानका लागि कम्तीमा तीन महिना समय लाग्ने अनुमान छ । त्यसपछि क्यालिब्रेसन फ्लाइटको बाटो खुल्नेछ । यस्तै विमानस्थल नजिकै रहेको पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डमा पर्दैन ।

ल्याण्डफिल्ड साइट हटाउने जिम्मेवारी प्राधिकरणको पर्दैन । यसका लागि स्थानीय सरकारको भूमिका आवश्यक हुन्छ ।

वैशाख २०७३ मा शिलान्यास भएको विमानस्थल जुलाई २०२१ मा नै निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो । तर कोरोनाका कारण एक वर्ष समय थप भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?