
काठमाडौं । सानिमा बैंकले चार वटा ठूला होटलहरुसँग सम्झौता गरेको छ । बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ ।
ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत छुट, होटल अकामामा २० प्रतिशत छुट र अलफ्ट काठमाडौं ठमेलमा १५ प्रतिशत छुट पाउनेछन् । यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4