+
+

सुकुमबासीका छाप्रामा निकुञ्जले लगाइदियो आगो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १०:४२

१३ चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका वडा नं. ९ कुसुमखोलाका सुकुमबासीका १० छाप्रामा आगो लगाइदिएको छ ।

निकुञ्जको क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै १० परिवार बस्दै आएका छाप्रामा आइतवार दिउँसो निकुञ्जले आगो लगाएको हो । आगलागीबाट सबैजसो छाप्रा जलेर नष्ट भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कुमुसखोलाका सुकुमबासीहरूलाई अन्यत्रै स्थानान्तरण गरिसकेपछि पनि केही व्यक्तिहरू आएर पुनः छाप्रा हाल्न थालेपछि हटाउने प्रयास गरिएको तर नटेरेपछि आगो लगाइएको बताए ।

त्यहाँ आगो लगाएको फोटो नखिच्न निकुञ्जका अधिकारीहरुले चेतावनी दिएका थिए । हात्तीसहित गएका निकुञ्जका कर्मचारीहरुले कसैले फोटो र भिडियो खिचे कारर्वाही गर्ने बताएका थिए ।

गत वर्ष साउन ६ गते यही ठाउँका १० सुकुम्वासीका छाप्रामा निकुञ्जले आगो लगाएर नष्ट गर्दा त्यसले देशभर चर्चा पाएको थियो । कुसुमखोलामा कुनै समय दुई सय घर थिए । यीमध्ये अधिकांश चेपाङहरु छन् ।

नगरपालिकाको योजनाअनुरूप यहाँबाट उनीहरुको बस्ती अन्यत्र सार्ने काम भैरहेको थियो । यहाँका सुकुम्वासीहरुलाई नगरपालिकाले वडा नम्बर ९ कै राईडाँडामा र वडा नं.७ को परुईमा सार्ने प्रयास गरिरहेको छ ।

राईगाउँ र परुईमा सोचे अनुसारको नभएपछि केही सुकुम्वासीहरु कुसुमखोलामा नै फर्किन थालेका थिए । कसुम खोलाका चेपाङ समुदायका लागि बनाइएको एकीकृत वस्तीको हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उदघाटन गरेका थिए ।

यसअघि २०५८ सालमा पनि बाँदरझुला र कुसुमखोला बस्तीमा निकुञ्जका कर्मचारीले यसैगरी हात्ती लगाएर घर भत्काउने र आगो लगाउने काम गरेका थिए । सोही बाँदरझुलामा अहिले करिब ५ सय सुकुम्वासीको बस्ती छ ।

माडीको भोट बैंकका रुपमा यसलाई लिइन्छ । यहाँको वस्तीलाई लिएर निकै दाउपेच पनि चल्छ । बाँदरझुलामा नगरपालिकाले नै विभिन्न संरचना बनाउन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?