+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

दुई पत्नीको सहमतिमा यसरी भयो पतिको भागबण्डा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १२:५२

पारिवारिक विवाद वा अंशबण्डामा जग्गा जमिन, घर तथा अन्य धन सम्पत्तिको भागबण्डा हुनु त सामान्य हो । तर छिमेकी मुलुक भारतमा भने दुईजना पत्नीहरू बीच एक लोग्नेको भागबण्डा भएको छ ।

बिहारको पूर्णिया जिल्लामा पर्ने एक गाउँमा दुईजना पत्नीहरूले आपसी सहमतिमा एक पतिलाई आपसमा भागबण्डा गरेका हुन्।

भारतीय पत्रिका दैनिक जागरणको रिपोर्ट अनुसार पूर्णिया प्रहरी परामर्श केन्द्रमा एकजना पुरुषको आफ्ना दुई पत्नीबीचमा भागबण्डा गर्ने सहमति भएको हो । उक्त भागबण्डाको सहमति अनुसार अब ती पुरुष महिनाको १५ दिन एकजना पत्नीसँग र अर्को १५ दिन अर्की पत्नीसँग बस्नेछन् ।

प्रहरी परिवार परामर्श केन्द्रको निर्देशनमा तिनजना पतिपत्नीबीच यस्तो समझदारी भएको छ ।

समाचार अनुसार स्थानीय गोडियारी गाउँमा बस्ने एकजना महिला आफ्नो लोग्नेविरुद्ध उजुरु लिएर पुलिस चौकी पुगेकी थिइन्। आफ्नो लोग्ने पहिले नै विवाहित रहेको र आफूलाई अविवाहित रहेको भनी ढाँटेर बिहे गरेको उनको गुनासो थियो । बिहे गरेपछि पतिले आफूलाई सँगै राख्न नचाहेको र पहिलो श्रीमतीसँगै बस्ने गरेको भन्दै उनले प्रहरीसमक्ष न्यायको लागि गुहार मागिन् ।

त्यसपछि प्रहरीले ती महिलाको लोग्ने तथा अर्की पत्नीलाई पनि चौकीमा बोलायो । दुवै पत्नीको कुरा सुनिसकेपछि प्रहरी असमन्जसमा पर्यो । र अन्ततः लोग्नेचाहिं दुवै पत्नीसँग बस्नुपर्ने र दुईजनाकै भरणपोषण गर्नुपर्ने निर्णय गर्‍यो । साथै उनले दुई पत्नीलाई अलग अलग घरमा राख्नुपर्ने र महिनाको १५ दिन पहिलो पत्नीसँग तथा अर्को १५ दिन दोस्रो  पत्नीसँग बस्नुपर्ने निर्णय पनि प्रहरीले गरेको छ ।

प्रहरी परिवार परामर्श केन्द्रको उक्त निर्णयप्रति दुवै पत्नी र पतिले सहमति जनाए र कानुनी कागज पनि गरियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?