+
+

भत्कियो ठेक्काको सेटिङ, प्रादेशिक अस्पताल भवनको टेण्डर रद्द

टोपराज शर्मा टोपराज शर्मा
२०७८ चैत १४ गते २१:१५

१४ चैत, बुटवल । ठेक्कामा  मिलेमतो गरेर फर्जी प्रतिस्पर्धामार्फत  बनाउन लागिएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको टेण्डर रद्द भएको छ ।

१२ सय शय्याको १० तले भवन निर्माणको लागि गत फागुन ८ गते र चैत २ गते गरी दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम सोमबारको निर्णय अनुसार रद्द गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए । उनले ठेक्कामा सेटिङ भएको स्वीकार गर्दै पदबाट राजीनामा समेत दिएका छन् ।

टेण्डरमा आर्थिक चलखेलका लागि दुई निर्माण कम्पनीबाहेक अरूले प्रतिस्पर्धा गर्नै नपाउने गरी सरकारले स्पेसिफिकेसन बनाएर ‘सेटिङ’ मिलाइएको थियो ।स्पेसिफिकेसनको मापदण्डले जेआईईसी-रसुवा -शर्मा जेभीबाहेक अरु सहभागी हुन नपाउने अवस्था थियो ।

टेन्डर पनि रमेश शर्माको जेडआईईसी–शर्मा र रसुवाका कांग्रेस सांसद मोहन आचार्यको रसुवा जेभी मात्र टेण्डरमा सहभागी भएका थिए । मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण समितिको निर्णयअनुसार टेण्डर गरिएको थियो ।

धेरै कम्पनीबीच प्रतिस्पर्धा हुन नसक्दा ५ अर्ब भन्दा बढीको ठेक्कामा राज्यलाई डेढ अर्ब रुपैयाँ नोक्सान हुने देखिएकाले आफ्नो एकल निर्णयमा टेण्डर रद्द गराएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए ।

‘सात अर्बको टेण्डरमा प्रतिस्पर्धालाई खुम्च्याउँदा राज्यलाई ठूलो नोक्सानी हुने देखिएपछि आफ्नो पद र सुरक्षालाई दाउमा राखेर एकल निर्णयमा टेण्डर रद्द गराएको हुँ’– घिमिरेले अनलाइनखबरसँग भने । टेण्डर रद्द गराउन खोजेपछि आफूमाथि धेरैतिरबाट ठूलो दबाव आएको घिमिरेले बताए ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत टेण्डरका स्पेसिफिकेसनप्रति चासो देखाउंदै प्रादेशिक पूर्वाधार विकास प्राधिकरणलाई पत्र काटेको थियो । उक्त कार्यालयले ठेक्कामा ६ वटा त्रुटि फेला पारेको थियो । ठेक्कामा मिलेमतो भएको विषयमा अनलाइनखबरले लगातार समाचार सम्प्रेशणा गरेको थियो ।

विवादित टेण्डरबारे उच्च अदालत दाङमा मुद्दा परेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरीहरु परेका थिए । निजी क्षेत्रका डबल बेसमेन्ट अस्पताल बनाएका निर्माण कम्पनीहरुलाई समेत ठेक्का प्रक्रियामा भाग लिन नपाउने गरी बोलपत्र आह्वान भएको ठहर सार्वजनिक खरिद अनुगन कार्यालयले गरेको थियो ।

१० जना अट्ने लिफ्ट, २ तले अण्डरग्राउण्ड (बेसमेन्ट) निर्माणको अनुभव, ठेकदारले काम गरेको सरकारी अस्पतालको कार्य अनुभव, १ अर्ब ७५ करोडको सर्टिफिकेट लगायतका विषय राखेर अरु कम्पनीहरुलाई प्रतिस्पर्धाबाट बाहिर राख्न खोजिएको ठहर खरिद अनुगन कार्यालयले गरेको थियो ।

निर्माण व्यवसायीहरुले २० देखि ३० प्रतिशतसम्म घटेर काम लिनुपर्ने अवस्था रहेकोमा यो परियोजनामा मिलिमतो गरेर कम्तीमा १० प्रतिशत मात्रै चलखेल हुँदा पनि राज्यको ४५ करोड हिनामिना हुने निर्माण व्यवसायीको दावी छ । निर्माण व्यवसायीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नै यस्तो खालको स्पेसिफिकेसन राख्न लगाएर टेण्डर निकाल्न लगाएको आरोप लगाएका छन् ।

प्रदेश सरकारले बनाएको गुरुयोजना अनुसार १२ सय शय्याको १० तलाको अस्पताल भवनको माथि हेलिप्याड समेत रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?