
१४ चैत, काठमाडौं । प्रहरीले ४३ ग्राम ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।
अवैध रुपमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीले कलंकीबाट तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भातर लखनउ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, सोही ठाउँ बस्ने १८ वर्षीय हअयान अन्सारी र ललितपुर उपमहानगपालिका -४ धोबीघाट बस्ने ३९ वर्षीय गणेश रजक रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ४३ ग्राम ब्राउन सुगर, डिजिटल तराजु, २ लाख ४५ हजार नगद, विभिन्न कम्पनीका मोबाइल र बजाज भी१५ मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4