+

‘पीवाईसी बीबीए क्रिकेट कप’ प्रतियोगिता आयोजना हुने

२०७८ चैत  १५ गते ९:५० २०७८ चैत १५ गते ९:५०
‘पीवाईसी बीबीए क्रिकेट कप’ प्रतियोगिता आयोजना हुने

१५ चैत, काठमाडौं । पब्लिक युथ क्याम्पसको आयोजनामा आगामी वैशाख १३ गते देखि काठमाडौंमा ‘पीवाईसी बीबीए क्रिकेट कप’ टी-२० प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगितामा देशभरका त्रिभुवन विश्वविद्यालय अनुबन्धित करिब ३० वटा ‘बीबीए’ कलेजहरूको सहभागिता रहने छ बयोजकले जनाएको छ । दुई सातासम्म चल्ने लिग-कम नकआउट प्रतियोगिताको सम्पूर्ण खेलहरू मुलपानी क्रिकेट मैदानमा खेलिनेछन्।

कलेजस्तरको क्रिकेट प्रवर्द्धन तथा खेल भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताका प्रबन्ध निर्देशक सुनिल थापाले बताए । ‘लामो समयदेखि आयोजना हुँदै आएको बीबीए कप पुनः यो वर्ष निरन्तरता पाउँदैछ। प्रतियोगिताको उद्देश्य युवाहरूलाई मञ्च प्रदान गरी उनीहरूको सामूहिक भावना, सम्बन्ध र खेल भावना विकास गर्दै नेत्रित्व क्षमता अभिवृद्धि गर्नु हो।’

पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले यस अघिका संस्करणहरू जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास व्यक्त गर्दै कलेजहरूलाई प्रतिष्ठित प्रतियोगितामा भाग लिन आग्रहसमेत गरेका छन्।

विगत एक दशकदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितालाई यस पटक ‘म्यान क्यान डु’ प्रालिले व्यवस्थापन गर्नेछ। प्रालिको प्रवन्ध निर्देशक सुनिल थापा,  संस्थापकमा सुन्दर रेग्मी तथा प्रतियोगिता व्यवस्थापकमा नोर्बु लामा छन्।

प्रतियोगिताको विजेताले ८५ हजार रुपैयाँ तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै विभिन्न विधामा उत्कृस्ट चुनिने खेलाडीहरू तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

नेपाली क्रिकेट पीवाईसी बीबीए कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय