+
+

सर्वोच्चले माग्यो सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १८:०७

१५ चैत, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय झिकाउन आदेश दिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलासले सिलवाललाई पदबाट हटाउँदाको निर्णय र त्यसक्रममा तयार भएको फाइल मगाएको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले राखेप सदस्य सचिवमा नियुक्त गरेका सिलवाललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । त्यसपछि टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । तर सिलवालले आफूलाई गैरकानुनी रुपमा हटाइएको दावी गर्दै सरकारको निर्णय खारेजीको माग गर्दै गत कात्तिक २८ गते सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदलगायतलाई विपक्षी बनाएका थिए ।

उक्त रिटमा मंसिर २९ गते न्यायाधीश हरि फुयालको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै राखेप सदस्य सचिव नियुक्तिलाई यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी गरेको थियो । र अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

त्यसपछि पटक पटक पेशी सर्दै आएको उक्त मुद्दामा आइतबार न्यायाधीश कार्की र मोक्तानले बर्खास्तीको निर्णय मगाउने आदेश दिएको हो । यसअघिको अन्तरकालीन आदेशका कारण सरकारले नियुक्त गरेका सदस्य सचिव टंकलाल घिसिङले काम गर्न पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?