+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जनताको करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने बेला आयो : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते ११:३४

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले तिरेको कर बैंकमा थुपारेर ब्याज खाने खालको मेयर नभई रहरलाग्दो शहर बनाउने मेयर छान्नुपर्ने बताएका छन् । आज बिहान काठमाडौंको बुद्धनगरवासीसँग आयोजित भेटघाटमा नेता सिंहले सो कुरा बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘अब महानगरवासीले जनताले तिरेको कर बैंकमा जम्मा गरेर ब्याज खाने खालको मेयर छान्ने कि जनताको करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने कुरा गम्भीरतापूर्वक सोचेर निर्णय लिने बेला आएको छ ।’

उनले विवेकशील साझा पार्टीप्रति पनि कडा टिप्पणी गरे । उनले भने, ‘परिवर्तनको नारा दिएर, जनतालाई भ्रम छरेर, राजनीतिमा आएको विवेकशील साझाको हालत के भयो, आज ती पार्टीका नेताको गतिविधि कस्तो छ, तपाईं हामीले देखेकै छौं ।’ उनले भ्रम छरेर राजनीति गर्नेहरु जनतामाझ विस्तारै नाङ्गिदै जाने समेत बताए ।

नेता सिंहले नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी नेपाली कांग्रेसमात्रै भएको जिकीरसमेत गरे । उनले आगामी चुनावमा विवेकपूर्ण ढंगले मतदानमा सक्रिय सहभागी हुन अपिलसमेत गरे ।

सत्ता गठबन्धनको औचित्य अझै नसकिएको भन्दै उनले स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर चुनावमा जानुपर्ने बताए । उनले तालमेलको मोडालिटी छिट्टै बन्ने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?