+
+

प्रचण्डले भने : भरतपुरको मेयरमा हाम्रो दाबी कायमै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १२:५७

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।

चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘भरतपुर चितवनमा हाम्रो दाबी छँदैछ ।’ पत्रकारहरुले चुनावी तालमेल र भरतपुर महानगरमा पार्टीको धारणाबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए ।

प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको जानकारी दिए । त्यसका लागि बिहीबार गठबन्धनको बैठक बोलाइएको जानकारी पनि उनले दिए ।

‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिरहेको छ । भोलि हामी गठबन्धनको बैठक बस्दै छौं,’ प्रचण्डले भने ‘सम्भवतः महानगरको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ ।’

हाल भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेनु दाहाल छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?