+
+

महानगर र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १३:०२

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै गठबन्धन हुने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस विषयमा बिहीबार सत्तारुढ गठबन्धनको बैठकमा छलफल हुने बताए । ‘महानगर पालिका र उपमहानगर पालिकालाई सकेसम्म केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलिरहेकै छ । भोलि हामी गठबन्धनको बैठक बस्दै छौं’ उनले भने ।

सत्तारुढ गठबन्धनबीच स्थानीय चुनावमा कस्तो सहकार्य हुन्छ भन्ने विषय नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकपछि स्पष्ट भएको प्रचण्डले बताए ।

कांग्रेसले स्थानीय आवश्यकता र परिस्थिति हेरेर चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो । ‘नेपाली कांग्रेसले हिजो एउटा निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार गठबन्धन हुन्छ भन्ने कुरा चाहिँ स्पष्ट भएकै छ’ उनले भने, ‘हाम्रो पार्टीले आफ्नो शक्तिलाई सुदृढ गर्ने र तालमेल पनि गर्ने कुरा गरेको हुनाले आवश्यक तालमेलसहित चुनाव हुन्छ ।’

प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दावी रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?