+
+

शिव र भुवन राप्रपा प्रवेश गर्न लागेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १७:१९

काठमाडौं । अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने तयारी गरेका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार दुवै अभिनेतालाई पार्टी प्रवेश गराउन प्रक्रिया सुरु भएको छ ।

‘उहाँहरुलाई पार्टी प्रवेश गराउने प्रक्रिया सुरु भएको छ र जतिसक्दो चाँडो उहाँहरु प्रवेश गर्नुहुन्छ,’ शाहीले अनलाइनखबरसँग भने । पार्टी प्रवेश गराउने जिम्मा महामन्त्री धवलशमशेर राणाको वार्ता समितिलाई दिइएको समेत उनले जानकारी दिए ।

भुवनले गत शनिबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर पार्टी प्रवेशबारे छलफल गरेको जनाइएको छ । आफूलाई समानुपातिक सांसदको उम्मेदवार बनाउन भुवनले प्रस्ताव समेत राखेको स्रोतले बताएको छ । तर प्रवक्ता शाहीले भने अध्यक्ष लिङ्देन र अभिनेता केसीबीचको छलफलबारे आफूलाई थाहा नभएको बताए ।

‘उहाँहरुबीच भेट्ने कुरा चाहिं भएको हो, तर छलफलबारे मलाई थाहा छैन । सबै जिम्मा धवलजीको वार्ता समितिलाई दिएका छौं,’ उनले भने । यो विषयमा भुवनले भने केही बताउन चाहेनन् ।

साथै, अभिनेत्री मनिषा कोइरालासँग पनि छलफल भइरहेको जानकारी प्रवक्ता शाहीले दिए । ‘मनिषाजीसँग पार्टीगत कुराकानी होइन । राष्ट्रवादी शक्तिहरुबीच एकता  र सहकार्य गर्नेबारे कुराकानी भएको हो,’ उनले भने, ‘त्यही अवधारणाअनुसार कुराकानीलाई अघि बढाइरहेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?