+
+

चुनावमा विदेशी गाडी प्रयोग गर्न नपाउने नियमप्रति मधेस केन्द्रित दलको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १०:३२

१७ चैत, काठमाडौं । स्थानीय चुनावमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने व्यवस्थाप्रति मधेश केन्द्रित दलले असन्तुष्टि जनाएका छन् । निर्वाचन आचार संहितामा रहेको यो व्यवस्थालाई लिएर मधेश प्रदेशका दलका प्रतिनिधिले गुनासो गरेको पूर्वकानुन सचीव माधव पौडेलले बताए ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरुको विषयक कार्यक्रममा प्रस्तुतीकरण गर्दै उनले यस्तो जानकारी दिएका हुन । ‘मधेस प्रदेशका राजनीतिक दलका प्रतिनिधिले बिदेशी नम्बर प्लेटको प्रयोगमा लगाइएको रोकमा पुनर्बिचारको माग गरेका छन्’, पौडेलले थपे, ‘एकातिर खर्चको सीमा कम र अर्कोतिर बिदेशी नम्बर प्लेट प्रयोग गर्न नपाउँदा अप्ठ्यारो हुने उहाँहरुको कुरा छ ।’

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहितामामा उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे हलुका सवारी साधन प्रयोग गर्न सक्ने उल्लेख छ जुन नेपाली नम्बर प्लेट हुनुपर्छ । सवारी साधन नचल्ने ठाउमा बढीमा चार वटा घोडा प्रयोग गर्न पाउने भनिएको छ ।

निर्वाचन खर्चको सिमा २५ हजारदेखि ७ लाख ५० हजारसम्म तोकिएको छ । पालिका सदस्यले बढीमा २५ हजार रुपैयाँ मात्र खर्च गर्न पाउछ भने महानगरपालिकाको मेयर तथा उममेयरले ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा छ ।
देशका विभिन्न ठाउमा भएको निर्वाचन आचारसंहितामा सम्बन्धी छलफलमा निर्वाचन खर्चको सिमाबारे विवाद हुने गरेको भन्दै पौडेलले भने, ‘मलाई लाग्छ यो सिमा कम होइन ।’

निर्वाचन आयोगका सचीव गोकर्णमणि दवाडीले तोकिए भन्दा बढी खर्च गर्नेलाई अनुगमन समितिले सिफारिस गर्ने र सिफारिस अनुसार कारबाही हुने बताए । उनका अनुसार आचारसंहितामा उलंघन भएको जानकारी जो कोहीले पनि गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?