 
																			१७ चैत, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा बसको ठक्करले एक जना मोटरसाइकल चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका १ बस्ने ३५ बर्षीय मनोज लामिछाने रहेको प्रहरीले जनाएको छ ।
घरबाट बा. ८० च ९०९४ चढेर जनकपुरधामतर्फ आउँदै गरेका लामिछानेलाई विपरित दिशातर्फ जाँदै गरेको प्रदेश–२–०३ ००१ख ०५३२ नम्बरको बसले जनकपुरधाम १४ स्थित खाद्य संस्थानको अगाडि ठक्कर दिएको धनुषा प्रहरीका प्रवक्ता एवम् डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनको घट्नास्थलमै मृत्यु भएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4