+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कार्यान्वयन गर्ने निकाय इमान्दार नुहँदा चुरे दोहन भइरहेको छ : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै पनि दैनिक चुरे दोहन भइरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १६:०४

१८ चैत, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै पनि दैनिक चुरे दोहन भइरहेको बताएका छन् । चुरे दोहन गर्नेमाथि कार्वाही नगरिएको उनको भनाई छ ।

शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले चुरे दोहनमा प्रयोग हुँदै आएका स्काभेटर, टिपरसहितका उपकरण नियन्त्रणमा लिनुपर्नेमा नलिइएको बताए ।

बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाए पनि मधेश प्रदेशमा बिना रोकटोक निकासी भइरहकेो उनले बताए । उनले भने, ‘चुरे दोहन रोक्‍न सरकारले नीति नियम बनाउने हो’ उनले भने, ‘तर, कार्यान्वयन गर्ने निकाय नै इमान्दार भएन ।’

बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने बताउँदै उनले तत्काल यो कार्य रोक्नुपर्नेमा जोड् दिए ।

चुरे दोहन भइरहँदा जलवायु परिवर्तनको प्रभाव देखिनु स्वभाविक रहेको भन्दै उनले चुरे दोहन, वन फडानी, बालुवा गिट्टी उत्खनन् कार्य तत्काल बन्द गराउन सुरक्षा निकाय थप सशक्त रुपमा लाग्नुपर्ने बताए ।

मुख्यमन्त्री राउतले नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन नसकेको बताउँदै शिक्षा, आर्थिक र राजनीतिमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या रहिरहने बताए ।

पितृसत्तात्मक समाजले गर्दा महिला विभेदमा परेको स्वीकार्दै उनले छोरालाई घुम्ने, खेल्ने छुट दिएपनि छोरीलाई अझै दायरामा राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?