+
+

केपी ओली विजयी भए देश दुर्घटनामा जान्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १७:४५

१८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री एमव् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान खारेज गर्ने प्रयास गरेको अरोप लगाएका छन् । शुक्रबार काभ्रेका युवालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै प्रचण्डले संविधानका उपलब्धी उल्ट्याउन संसद विघटन गरेको समेत टिप्पणी गरे।

‘गत साल केपी ओलीले यो संविधान खारेज गराउने दुस्साहास गरे जसमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मेधशी,थारुलाई विशेष अधिकार दिएको छ,’ प्रचण्डले भने, ‘त्यसलाई उल्ट्याउनका लागि पटक–पटक असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रनिनिधिसभा विघटन गर्ने दुस्साहस गरे।’

‘ओलीको अहंकार’ अझैं पराजित नभएको भन्दै प्रचण्डले आउने चुनावमा ओली विजयी भए देश दुर्घटनामा जाने खतरा रहेको समेत दावी गरे। उनले भने, ‘हामीले त्यसका विरुद्धमा आन्दोलन गर्‍यौं । हामी विजयी भयौं, केपी ओली पराजित भए । तर, पराजित भए पनि उनको अझैं उनको अहंकार र घमण्ड तोडिएको छैन् ।’

प्रचण्डले थपे, ‘आउने निर्वाचनमा हामी विजयी भएनौं भने र त्यस्ता प्रतिगामी, संविधान विरोधी शक्ति विजयी भए भने देश दुर्घटनामा जान सक्ने खतरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?